नियम २३
हुलाक वस्तु पुन निर्देशन (रिडाइरेक्शन)

(१) नियम २५ मा लेखिएकोभन्दा बाहेक कुनै हुलाक वस्तुको ठेगानावाला पत्ता नलागेमा र पुन निर्देशन भए पछि सो वस्तु अन्य आन्तरिक हुलाकबाटै डेलिभरी हुने भएमा अरू बढी दस्तुर नलिई ठेगानावालालाई डेलिभरी गरिनेछ । पुन निर्देशन गर्ने काम ठेगाना हुलाकबाट मात्रै हुन सक्नेछ ।
(२) आन्तरिक हुलाकबाट डेलिभरी हुने हुलाक वस्तु हुलाक कर्मचारी वा ठेगानावालाको प्रतिनिधिले निम्न बमोजिम गरी पुन निर्देशन गरेमा अगाडि चलान गर्न सकिनेछः–
(क) रजिष्ट्रर नभएको हुलाक वस्तुको विषयमा ठेगानावालाको प्रतिनिधिले सो वस्तु नखोली हल्काराको साथै ˚िर्ता गरेमा वा डेलिभरी गर्ने हुलाक अड्डामा पुन दाखिल गरेमा,
(ख) रजिष्टर भएको वस्तुको विषयमा ठेगानावालाको प्रतिनिधिले सो वस्तु नखोली रसिदको सहिछाप नगरी डेलिभरी गर्ने हुलाकमा
हल्कारालाई बुझाएमा ।